काठमाडाैं । संवैधानिक आयोगमा भएका नियुक्ति खारेजीसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । बुधबार बसेकाे संवैधानिक इजलाशले केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला संवैधानिक परिषद्ले गरेका नियुक्तिविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हाे ।
५२ जना संवपैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा बुधबार संवैधानिक इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्लगायत निकायमा नियुक्तिको आधार र कारण पेश गर्न आदेश दिएको हो ।

