२०८३, कार्तिक १५ गते आइतबार

मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


  • मेरोभ्यूज
  • चैत्र १०, २०७८ बिहीबार

  • मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडाैं । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरिएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १५ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

    आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 


    प्रकाशित : बिहीबार , चैत्र १० २०७८०९:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार