२०८३, कार्तिक १५ गते आइतबार

घले समूहकाे एनआरएन अध्यक्षमा विनाेद कुँवर निर्विराेध निर्वाचित

घले समूहकाे एनआरएन अध्यक्षमा विनाेद कुँवर निर्विराेध निर्वाचित


  • मेरोभ्यूज
  • चैत्र ११, २०७८ शुक्रबार

  • घले समूहकाे एनआरएन अध्यक्षमा विनाेद कुँवर निर्विराेध निर्वाचित

    काठमाडाैं । गैरआवासीय नेपाल संघ (एनआरएनए) औपचारिक रूपमा विभाजन भएकाे छ । एनआरएनकाे संस्थापक अध्यक्ष शेष घले समूहले बिहीबार काठमाडाैंमा अधिवशेन सम्पन्न गरेकाे छ । अधिवेशनले विनाेद कुँवर (काेरिया) काे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । 

    कार्यसिमितकाे उपाध्यक्षमा उमेश पुडासैनी (कुवेत), थर्क सेन (बेलायत), बाबुराम लामा (अमेरिका), सुरेन्द्र सिग्देल (अष्ट्रेलिया)  र महिला उपाध्यक्षमा भोमा लिम्बु (अष्ट्रेलिया), महासचिवमा जानकी गुरुङ (बेल्जियम), सचिवमा जुनु गुरुङ (कोरिया), कोषाध्यक्षमा डिलाराम खरेल (अष्ट्रेलिया), क्षेत्रीय संयोजकमा  केशव कँडेल (अष्ट्रेलिया), कृष्ण पोख्रेल (अमेरिका) र उल्का घिमिरे (बेल्जियम) छन् । 

    निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण र पदभार ग्रहण गराएकाे छ । सबै निर्विराेध निर्वाचित भएका हुन् । 


    प्रकाशित : शुक्रबार, चैत्र ११ २०७८०८:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार