काठमाडौं । बंगलादेशबाट आएका युवाहरुको प्रतिनिधिमण्डलले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँग भेटवार्ता गरेको छ । ग्लोवल युथ पार्लियामेन्टद्वारा आयोजित “नेपाल–बंगलादेश नेक्स्ट जेनेरेसन लिडर्सिप समिट–२०२२” सहभागी हुन नेपाल आएका युवाहरुले शुक्रबार मन्त्री अथकसँग भेट गरेका हुन ।
बंगलादेशका सांसद एवं विभिन्न क्षेत्रका अगुवासहितको प्रतिनिधिमण्डलसँगको
भेटका क्रममा मन्त्री गहतराजले नेपाल र बंगलादेशबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए । उनले नेपाल तथा बंगलादेशका युवाबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउँदै आपसी सहयोग तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
भेटमा बंगलादेशी प्रतिनिधिमण्डलका सदस्यहरुले मन्त्री गहतराजलाई बंगलादेश भ्रमणको निम्ता दिएका छन् ।

