२०८३, कार्तिक १५ गते आइतबार

चीनसँगको नेपालको व्यापार घाटा न्यूनीकरण गर्न प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्री बीच छलफल

चीनसँगको नेपालको व्यापार घाटा न्यूनीकरण गर्न प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्री बीच छलफल


  • मेरोभ्यूज
  • चैत्र १२, २०७८ शनिबार

  • चीनसँगको नेपालको व्यापार घाटा न्यूनीकरण गर्न प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्री बीच छलफल

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ एक घण्टा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए ।

    भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उनले बताए । चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो ।

    Shre_Bahadur_Deuba_Wang_Yi_Group_Meet.jpg

    सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ । परराष्ट्रमन्त्री डा खड्काको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका परराष्ट्रमन्त्री वाङ शुक्रबार यहाँ आइपुगेका हुन् ।

    दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । 


    प्रकाशित : शनिबार, चैत्र १२ २०७८१०:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार