२०८३, कार्तिक १५ गते आइतबार

गैरआवासीय नेपालीका ज्ञान, सीप र पूँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

गैरआवासीय नेपालीका ज्ञान, सीप र पूँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह


  • मेरोभ्यूज
  • चैत्र १२, २०७८ शनिबार

  • गैरआवासीय नेपालीका ज्ञान, सीप र पूँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छिन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

    उनले भनिन्, “तपाईंहरुले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।”

    राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता पाउनुपर्नेमा जोड दिइन् । गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताए । उनले नेपाल सरकार सदैव एनआरएनको साथ र समर्थनमा रहने विश्वास पनि व्यक्त गरे । 


    प्रकाशित : शनिबार, चैत्र १२ २०७८१०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार