भरतपुर । सुपक अधिकारीले पहिलो पटक नयाँ गीत बजारमा ल्याएका छन् । अस्ट्रेलियमा बसोबास गर्दै आएका पोखराका अधिकारीले पहिलो पटक माया प्रेमसँग सम्बन्धी ‘गड्यो प्यार दिलमा’ बोलको गजल गीत सार्वजनिक गरेका हुन् ।
प्रेमीको मायामा एकोहोरो भएको विषयलाई गजलमा प्रस्तुत गरिएको छ । अधिकारी शब्द रहेको यो गजललाई थानेश्वर गौतमले संगीत र स्वर दिएका छन् । भिडियोमा प्रियाना आचार्य र प्रिन्सेस विश्वकर्माको मुख्य अभिनय छ । गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन । एक दशकदेखि पढाई र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय भए पनि पहिलो पटक स्रोता माझ प्रस्तुति ल्याएका हुन ।
उनले भने– ‘धेरै गीत÷गजलहरु डाइरीमा छन् यद्यपि, पहिलो पटक गीत स्रोता माझ ल्याउन पाउँदा खुशी छु । उनको आफ्नै युट्युब च्यानल निर्माण प्लसबाट गीतलाई सार्वजनिक गरेका हुन् । उनले अर्को गीत समेत बजार आउने तयारीमा रहेको जानकारी दिए ।

