चितवन । भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण गर्ने भएको छ ।
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहिनहरुको रातो पुर्जा (लालपूर्जा) मा आज हस्ताक्षर गरि प्रक्रिया पूरा गरेसँगै यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा पाउने भएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफैँ उपस्थित भएर लालपूर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको आयोगका अध्यक्ष तिमिल्सीनाले जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४५६, र कालिका नगरपालिकामा ५ हजार ५५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

