२०८३, कार्तिक १५ गते आइतबार

स्थानीय तह निर्वाचन- २०७९
स्थानीय तह निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन हेर्नुहाेस् (पूर्ण पाठ)

स्थानीय तह निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन हेर्नुहाेस् (पूर्ण पाठ)

आचारसंहिता उल्लंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउने, सूचना सार्वजनिक गर्ने, जरिवाना वा दण्ड सजाय गर्नेदेखि उम्मेदवारी नै रद्द हुन सक्ने


  • मेरोभ्यूज
  • चैत्र २६, २०७८ शनिबार

  • स्थानीय तह निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन हेर्नुहाेस् (पूर्ण पाठ)

    काठमाडाैं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको निर्वाचन आयाेगले जनाएकाे छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्न आह्वान गरे । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन प्राप्त हुने सबै खाले सुझावलाई सकारात्मकरूपमा ग्रहण गर्ने बताए ।

    प्रमुख आयुक्त थपलियाले भने, “निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण र सुशासन प्रवद्र्धनमा योगदान पुर्याउनेतर्फ हाम्रा सबै प्रयास केन्द्रित गर्न आयोग हार्दिक आग्रह गर्दछ ।” निर्वाचन आचारसंहिताको पूर्ण पालनाविना विश्वसनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारीको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा सङ्कल्प र इमान्दार प्रयत्न आवश्यक रहेको आयोगले जनाएको छ ।

    आयोगको विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको सङ्कल्प पूरा गर्न सबैको सहयोग रहने कुरामा आयोग विश्वस्त छ ।” निर्वाचन बालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई सशक्त तुल्याउने लोकतन्त्रको मेरुदण्ड पनि हो । निर्वाचन जति खर्चिलो र भड्किलो बन्दै जान्छ त्यति नै आस्था, निष्ठा, विचार र सिद्धान्त पराजित बन्न सक्ने खतरा बढ्न थाल्छ भन्ने आम चासो र चिन्ता व्यापक बन्दै गएको आयोगले जनाएको छ ।

    विगतका निर्वाचनसम्बन्धी तथ्य र अनुभवका आधारमा निर्वाचन व्यवस्थापनमा सुधार गर्नुपर्ने विभिन्न क्षेत्रमध्ये आचारसंहिताको पालना र कार्यान्वयन एक महत्वपूर्ण क्षेत्र भएको आयोगले उल्लेख गरेको छ । निर्वाचन आचारसंहितालाई पालना गर्न निर्वाचन तथा मतगणनामा खटिने कर्मचारी, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले निर्वाचनको कार्यमा खटिँदा अनुसूचीबमोजिमको प्रतिबद्धता पत्रमा दस्तखत गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

    निर्वाचन आचारसंहिता हेर्नुहाेस्ः


    प्रकाशित : शनिबार, चैत्र २६ २०७८०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार