२०८३, कार्तिक १५ गते आइतबार

पाँच दलले तय गरे स्थानीय निर्वाचनमा तालमेलका ७ आधार, महानगरमा केन्द्रकाे निर्णय

पाँच दलले तय गरे स्थानीय निर्वाचनमा तालमेलका ७ आधार, महानगरमा केन्द्रकाे निर्णय


  • मेरोभ्यूज
  • चैत्र २९, २०७८ मंगलबार

  • पाँच दलले तय गरे स्थानीय निर्वाचनमा तालमेलका ७ आधार, महानगरमा केन्द्रकाे निर्णय

    काठमाडाैं । सत्ता गठबन्धनका दलहरूले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने ७ आधार टुंगाे लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेकाे गठबन्धनका नेताहरूकाे बैठकले स्थानीय निर्वाचनमा वडासम्मै तालमेल गर्ने र गठबन्धन बाहिरका दलसँग सहकार्य नगर्ने निर्णय गरेकाे हाे । 

    बैठकले तालमेलका ७ आधार तय गरेको छ र तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सत्तारुढ पाँच दलले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएका छन् ।

    नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय छ । महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।

    उनका अनुसार प्रदेश र जिल्ला संयन्त्रमा गठबन्धनमा रहेका २/२ जना प्रतिनिधि रहने छन् भने अवश्यकताअनुसार आमन्त्रित सदस्य बोलाउन सकिनेछ । स्थानीय पालिका, जिल्ला र प्रदेशका सबै संयन्त्रको बैठकको संयोजक कांग्रेस नेता रहनेछन् ।

    • २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने ।
    • २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।
    • २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी ।
    • २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत
    • एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
    • सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
    • गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।


    प्रकाशित : मंगलबार, चैत्र २९ २०७८०९:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार