२०८३, कार्तिक १५ गते आइतबार

कभर स्टाेरी
६ महानगर र ९ उपमहानगरकाे नेतृत्व भागबण्डा टुंगियाे, नेपालगन्ज र जनकपुरमा कांग्रेस र जसपाबीच विवाद

६ महानगर र ९ उपमहानगरकाे नेतृत्व भागबण्डा टुंगियाे, नेपालगन्ज र जनकपुरमा कांग्रेस र जसपाबीच विवाद

गठबन्धनकाे बैठक आज बिहान ११ बजे बस्दै


  • मेरोभ्यूज
  • बैशाख ७, २०७९ बुधबार

  • ६ महानगर र ९ उपमहानगरकाे नेतृत्व भागबण्डा टुंगियाे, नेपालगन्ज र जनकपुरमा कांग्रेस र जसपाबीच विवाद

    काठमाडाैं । सत्ता गठबन्धनका नेताहरू ६ महानगर र ९ उपमहानगरकाे प्रमुख/उपप्रमुखकाे नेतृत्व बाँडफाँटमा सहमतिमा पुगेका छन् । मंगलबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटामार बसेकाे बैठकमा विराटनगर, वीरगन्ज, भरतपुर, पाेखरा, काठमाडाैं र ललितपुर महानगरकाे प्रमुख/उपप्रमुखकाे टुंगाे लगाएकाे हाे । 

    ६ महानगरमध्ये ३ वटाकाे नेतृत्व कांग्रेसले पाएकाे छ । गठबन्धनका माओवादी, समाजवादी र जसपाले एक/एक महानगरकाे नेतृत्व पाएका छन् । विराटनगरकाे प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीले पाएकाे छ । यस्तै वीरगन्जकाे प्रमुख जनता समाजवादी पार्टी र उपप्रमुख कांग्रेस, भरतपुरकाे प्रमुख नेकपा (माओवादी केन्द्र) र उपप्रमुख कांग्रेस, पाेखराकाे प्रमुखमा नृेकपा (एकीकृत समाजवादी) र उपप्रमुखमा कांग्रेस, काठमाडाैंकाे प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी तथा ललितपुरकाे प्रमुखमा कांग्रेस र उपप्रमुख माओवादीले पाएकाे छ । 

    ११ उपमहानगरमध्ये ६ वटाकाे प्रमुख कांग्रेसले लिने सहमति भएकाे छ । यस्तै २ वटा उपमहानगरकाे नेतृत्व माओवादी केन्द्रले पाएकाे छ । एकीकृत समाजवादीले १ वटा उपमहानगरकाे नेतृत्व पाएकाे छ । 

    कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढी, माओवादी केन्द्रले जिटपुर-सिमरा र घाेराही, एकीकृत समाजवादीले हेटाैंडा उपमहानगरकाे प्रमुख पाएकाे छ । नेपालगन्ज र जनकपुर उपमहानगरकाे नेतृत्वका विषयमा कांग्रेस र जसपाबीच विवाद भएकाे छ ।


    प्रकाशित : बुधबार, बैशाख ७ २०७९०७:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार