२०८३, कार्तिक १५ गते आइतबार

भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन

भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन


  • मेरोभ्यूज
  • बैशाख १२, २०७९ सोमबार

  • भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उनले मनोयन दर्ता गराएका हुन् ।

    पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहेका छन् ।

    मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताए । मनोनयन दर्ता गर्नुअघि सुवेदीले पार्टी कार्यालय पसिरमा रहेको मदन भण्डारी र जीवराज आश्रित तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गएर बिपी कोइरालाको शालिकमा माल्यापर्ण गरेका थिए । 


    प्रकाशित : सोमबार, बैशाख १२ २०७९०९:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार