२०८३, कार्तिक १५ गते आइतबार

भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी


  • मेरोभ्यूज
  • बैशाख १२, २०७९ सोमबार

  • भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र ) का रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गराएकी हुन् । 

    उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन् ।

    दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेकी थिइन् ।

    दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सो पदबाट राजीनामा दिएकी थिइन् । उपप्रमुखका उम्मेदवार अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए। अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापति छन् । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ ।


    प्रकाशित : सोमबार, बैशाख १२ २०७९०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार