२०८३, कार्तिक १५ गते आइतबार

श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो

श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो


  • मेरोभ्यूज
  • बैशाख १८, २०७९ आइतबार

  • श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् । १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सङ्घीय संसद्को नेतृत्वका रुपमा आफू सदैव तत्पर रहेको विश्वास दिलाएका छन् । 

    नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख सापकोटाले उनीहरुप्रतिसम्मान व्यक्त गरेका छन् । दुई वर्षयता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नु परेको उल्लेख गर्दै उनले कोरोनाको प्रभावमा कमी आएसँगै लाखौँ श्रमिक खाली बस्नु पर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छन् । 

    सभामुख सापकोटाले श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधान सभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हक अधिकार समावेश भएको जनाएका छन् । 


    प्रकाशित : आइतबार, बैशाख १८ २०७९०७:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार