२०८३, कार्तिक १५ गते आइतबार

श्रमिकमाथि हुने विभेद अन्त्य गर्ने सरकारको प्रतिबद्धता

श्रमिकमाथि हुने विभेद अन्त्य गर्ने सरकारको प्रतिबद्धता


  • मेरोभ्यूज
  • बैशाख १८, २०७९ आइतबार

  • श्रमिकमाथि हुने विभेद अन्त्य गर्ने सरकारको प्रतिबद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको प्रयास गरिएको जनाउँदै उनले वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगारी प्रवद्र्धन, सेवा प्रवाहमा सुधार, संगठन व्यवस्थापन र विस्तार तथा सामाजिक सुरक्षाको क्षेत्रमा पछिल्ला नवीन कामका थालनी भएको बताए । 

    सरकार, रोजगारदाता र श्रमिकले हातेमालो गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्वदेशमा कार्यरत श्रमिकको अधिकारका लागि न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानूनको प्रभावकारी कार्यन्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

    अधिकार प्राप्त राष्ट्रिय श्रम आयोग गठन गर्ने, श्रमिकका लागि अस्पताल बनाउने, श्रम कार्यालयहरु विस्तार गर्ने, औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका श्रमिक सहित विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्ने, स्वदेश लागि तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउन गन्तव्य मुलुकको आवश्यकता अनुसारको सीपयुक्त जनशक्ती तयार गर्ने सहितका योजना मन्त्रालयले अघि बढाएको उनले जनाएका छन् । 

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता र श्रम सम्झौता नवीकरणलाई पनि प्राथमिकता दिइएको उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसले कामको सम्मान गर्ने संस्कृति विकास गर्न, श्रमिक अधिकार सुनिश्चित गर्न र मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 


    प्रकाशित : आइतबार, बैशाख १८ २०७९०७:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार