२०८३, कार्तिक १५ गते आइतबार

समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवि वर्गको नेतृत्वदायी भूमिका हुनुपर्छः अध्यक्ष दाहाल

समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवि वर्गको नेतृत्वदायी भूमिका हुनुपर्छः अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • बैशाख १८, २०७९ आइतबार

  • समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवि वर्गको नेतृत्वदायी भूमिका हुनुपर्छः अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवम् श्रमजीवि उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन् । 

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनका रुपमा लिन सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई आग्रह गरेका छन् । 

    श्रमिक वर्गको बलिदानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । 


    प्रकाशित : आइतबार, बैशाख १८ २०७९०८:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार