२०८३, कार्तिक १५ गते आइतबार

१० दिनमै बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, पेट्रोल प्रतिलिटर १८०, ग्यास १८०० 

१० दिनमै बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, पेट्रोल प्रतिलिटर १८०, ग्यास १८०० 


  • मेरोभ्यूज
  • जेठ ८, २०७९ आइतबार

  • १० दिनमै बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, पेट्रोल प्रतिलिटर १८०,  ग्यास १८०० 

    काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ । 

    पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । 

    निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । 


    प्रकाशित : आइतबार, जेठ ८ २०७९०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार