२०८३, कार्तिक १५ गते आइतबार

आज संसदमा बजेट प्रस्तुत हुँदै, कस्ताे आउला जनार्दन शर्माकाे पहिलाे पूर्ण बजेट ?

आज संसदमा बजेट प्रस्तुत हुँदै, कस्ताे आउला जनार्दन शर्माकाे पहिलाे पूर्ण बजेट ?


  • मेरोभ्यूज
  • जेठ १५, २०७९ आइतबार

  • आज संसदमा बजेट प्रस्तुत हुँदै, कस्ताे आउला जनार्दन शर्माकाे पहिलाे पूर्ण बजेट ?

    काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । 

    बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम छ ।

    उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ । 


    प्रकाशित : आइतबार, जेठ १५ २०७९०९:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार