२०८३, कार्तिक १५ गते आइतबार

बालेन र सुनितालाई बोलाएर के भनिन् रामकुमारी झाँक्रीले ?

बालेन र सुनितालाई बोलाएर के भनिन् रामकुमारी झाँक्रीले ?


  • मेरोभ्यूज
  • जेठ १९, २०७९ बिहीबार

  • बालेन र सुनितालाई बोलाएर के भनिन् रामकुमारी झाँक्रीले ?

    काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको उल्लेख गर्दै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी हुन् ।

    बुधबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको समेत बताइन् ।

    ‘तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले गरे पनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ‚’ उनले भनिन् । उनले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको कामसमेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताइन् ।

    काठमाडौं महानगरपालिकाका प्रमुख शाहले बन्चरेडाडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शत प्रतिशत कार्यान्वयन गर्न अनुरोधसमेत गरेका छन् ।

    यस्तै उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन गर्ने भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिनसमेत आग्रह गरे ।

     


    प्रकाशित : बिहीबार , जेठ १९ २०७९१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार