२०८३, कार्तिक ११ गते बुधबार

तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले उदासीनता देखाएकाे विप्लबकाे आराेप

तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले उदासीनता देखाएकाे विप्लबकाे आराेप


  • मेरोभ्यूज
  • मंसिर २३, २०७८ बिहीबार

  • तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले उदासीनता देखाएकाे विप्लबकाे आराेप

    किमाथांका । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् ।

    बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार आएका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदासिन रहेको आरोप लगाए ।

    तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू आशावादी रहेको बताए । बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो ।

    सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीनबुँदे सहमति भएको थियो । बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनःछलफल गर्ने उनले बताए । नेपाली कांग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्यूनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उनकाे भनाइ छ । 


    प्रकाशित : बिहीबार , मंसिर २३ २०७८१०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार