२०८३, कार्तिक १५ गते आइतबार

अर्थमन्त्री भन्छन्–जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता

अर्थमन्त्री भन्छन्–जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता


  • मेरोभ्यूज
  • भाद्र २९, २०७९ बुधबार

  • अर्थमन्त्री भन्छन्–जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएका छन् । ग्लोबल प्रोग्रामिङ सम्मेलनअन्तर्गत बुधबार दक्षिण कोरियामा एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको विशेष बैठकमा उनले ठूला अर्थतन्त्रले विश्व तापमान वृद्धि गरेका कारणले उत्पन्न समस्याबाट तापमान वृद्धिमा कुनै योगदान नगर्ने मुलुक पीडित हुनु न्यायोचित नभएको बताए । 

    “जलवायु संरक्षणमा सहयोग ऋणको रूपमा होइन अनुदानमा हुनुपर्दछ । ‘ग्लोबल वार्मिङ’मा योगदान नगर्नेलाई सजाय दिइनु अनुचित हो”, उनले भने, “यसका लागि योगदानकर्ताबाट हरित ऊर्जा उत्पादनमा आर्थिक सहयोगमार्फत क्षतिपूर्ति गर्न आवश्यक देखिन्छ । जसले गर्दा महत्वाकाङ्क्षी जलवायु लक्ष्यहरू प्राप्त गर्न मद्धत मिल्नेछ ।” 

    मन्त्री शर्माले नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि रु १०० अर्ब विनियोजन गरेको जानकारी दिँदै निजी क्षेत्रका लगानीकर्ताले हरित ऊर्जामा लगानी बढाइरहेको बताए । 

    “हामीले सन् २०३० सम्ममा जलवायु क्षेत्रमा ४५ अर्ब अमेरिकी डलरको सार्वजनिक–निजी लगानीको योजना बनाएका छौँ, जसका लागि अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता छ”, उनले भने, “उद्योग क्षेत्रले ऊर्जाको स्रोतका रूपमा जीवाश्म (पेट्रोलियम) इन्धनको प्रयोगलाई उल्लेखनीय रूपमा घटाएको छ । विकसित अर्थतन्त्रले वातावरण संरक्षणका लागि अहिले जीवाश्म इन्धनमा उल्लेखनीय कमी ल्याउनु आवश्यक छ ।”


    प्रकाशित : बुधबार, भाद्र २९ २०७९१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार