२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने

अध्यक्ष प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने


  • मेरोभ्यूज
  • आश्विन २१, २०७९ शुक्रबार

  • अध्यक्ष प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन् । माओवादीको आज साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको हो । 

    गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसका एक/एक उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो  । २०६४ सालमा माओवादी नेता डा बाबुराम भट्टराई विजयी भएका थिए । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए । 

    २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः सो क्षेत्रबाट निर्वाचित भएका थिए । डा भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सार्वजनिक गरिसकेका छन् । अध्यक्ष दाहाल २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट विजयी भएका थिए । 

    अहिलेसम्म तीन वटा संसदीय निर्वाचन लडेका अध्यक्ष दाहालले तीनै पटक निर्वाचन क्षेत्र फेरेका छन् । २०६४ सालको निर्वाचनमा उनी रोल्पा क्षेत्र नं २ र काठमाडौं क्षेत्र नं १० बाट विजयी भएका थिए । यस्तै २०७० सालको निर्वाचनमा उनी सिरहा क्षेत्र नं ५ बाट विजयी भएका थिए । त्यतिबेला उनी काठमाडौं क्षेत्र नं १० मा पराजित भएका थिए । 

    पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सीट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको व्रिफिङ गराएका थिए । अध्यक्ष दाहालले प्रतिनिधिसभातर्फ करिब ४७ सीट माओवादीले पाएको र अझै केही सिटको बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी गराएको सचिव गणेश साहले जानकारी दिए । “बैठकमा अध्यक्ष दाहालले गठबन्धन बैठकमा भएको सीट बाँडफाँटका बारेमा जानकारी गराउनुभयो”, उनले भने ।


    प्रकाशित : शुक्रबार, आश्विन २१ २०७९१०:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार