काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छिन् । राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौर पुगेर बिदाइ भेट गरेकी हुन् ।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसद्बाट भएको सहयोगका लागि आभार व्यक्त गरेकी थिइन् ।

