२०८३, कार्तिक ११ गते बुधबार

बन्ने होइन त पेवेल दुकान

बन्ने होइन त पेवेल दुकान


  • मेरोभ्यूज
  • माघ १६, २०७९ सोमबार

  • बन्ने होइन त पेवेल दुकान

    काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था पेवेल नेपालले नेपाली व्यवसायीका लागि पेवेल दुकान नामक प्लाटफर्म ल्याएको छ । यसबाट व्यवसायीहरुले विभिन्न वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानी गर्न सक्नेछन् ।

    अहिले सञ्चालनमा रहेको जुनसुकै पसलले पेवेल दुकानमा आबद्ध हुन सक्नेछन् । सो दुकानमा आबद्ध भई व्यापारमा स्तरोन्नति गर्न सकिने छ । पेवेल दुकानमा आबद्ध व्यवसायीले आकर्षक अफरहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

    पेवेल दुकानबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहरको महसुल तिर्न सकिनेछ । आन्तरिक हवाइ टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी गर्न सकिनेछ । क्युआर कोडका आधारमा पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 

    विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिने छ । पेवेल दुकानमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपिएसबाट रकम राख्न सकिने छ ।

    कम्पनीका सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्यका अनुसार पेवेल दुकानमा छिट्टै नै रेमिट्यान्स सेवासम्बन्धी कारोबार पनि गर्न सकिने छ । यससँगै विभिन्न मुलुकबाट पठाएको रकम प्राप्त गर्न र स्वदेशभित्र पठाएको रकम पेवेल दुकानबाट झिक्न सकिने छ । 

    पेवेल दुकान बन्नका लागि प्यान वा भ्याट दर्ता प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, परिचय पत्र, कम्पनीको आवेदन फारम र पासपोर्ट साइजको फोटो आवश्यक पर्ने कम्पनीले जनाएको छ । यससम्बन्धी सम्पूर्ण जानकारी र आवेदन फारमका लागि कम्पनीमा सम्पर्क गर्न सकिने छ । 


    प्रकाशित : सोमबार, माघ १६ २०७९०५:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार