२०८३, कार्तिक ११ गते बुधबार

विभिन्न प्रस्तावहरू पारित गर्दै हिमालयन पावर हाइड्रोपावरको १३औं वार्षिक साधारण सभा सम्पन्न

विभिन्न प्रस्तावहरू पारित गर्दै हिमालयन पावर हाइड्रोपावरको १३औं वार्षिक साधारण सभा सम्पन्न


  • मेरोभ्यूज
  • श्रावण १, २०८३ शुक्रबार

  • Power Hydro 1b  .jpg

    काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    बिहीबार, बालुवाटार, काठमाडौँमा कम्पनीका अध्यक्ष गुरुप्रसाद ढकालको सभापतित्वमा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८२ मसान्तसम्मको वासलात, नाफा / नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्ध, निर्वाचनसम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन् ।

    साधारण सभामा कम्पनीले जनाए अनुसार आ.व. २०८१/०८२ मा कम्पनीको अधिकृत पूँजी रु. २,७००,०००,०००।०० भएको छ भने जारी पूँजी रु. १,५९८,१२५,५००।०० भइ चुक्ता पूँजी रु. १,०६५,४१७,०००।०० हुन गएको छ ।

    साउन २०८३ बाट कम्पनीको वैकल्पिक व्यवस्था हटिसाविककै टेक अर प्ले (take or play) लागू हुने र कम्पनीको ऋण पनि उल्लेख्य रूपमा घटेको कारणले गर्दा आर्थिक अवस्थामा सुधार भइ लगानी क्षेत्र विस्तार गर्नका लागि लाभांश वितरण गर्न सकिनेसमेत साधारण सभामा कम्पनीद्वारा जानकारी दिइयो ।

    अन्य विभिन्न आयोजनामा समेत कम्पनीले लगानी गर्न सक्ने भएको साधारण सभामा जानकारी दिइएको थियो भने साधारण सभामा विभिन्न शेरधनीहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ अध्यक्ष ढकाल तथा अन्य पदाधिकारीहरूले दिएका थिए ।

    यसैगरी साधारण सभाले आगामी कार्यकालको लागि कम्पनीको संचालक सदस्यहरुमा गुरुप्रसाद ढकाल, महेन्द्रराज अधिकारी, दिवाकर पौडेल, अतुल आचार्य तथा स्वतन्त्र संचालकमा हेमन्तकुमार दवाडीलाई चयन गरेको छ ।

    लमजुङ जिल्लामा ९ मेगावाट क्षमता दोर्दी खोला जलविद्युत आयोजनाको क्षेत्र तथा क्षमता विस्तार गर्दै २७ मेगावाट कायम गरी २०७९ आसोजबाट कम्पनीले व्यापारिक उत्पादन शुरु गरेको समेत साधारण सभामा जानकारी गराइएको थियो भने विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

    Power Hydro 1a  .jpg


    प्रकाशित : शुक्रबार, श्रावण १ २०८३०७:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार