२०८३, कार्तिक ११ गते बुधबार

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै


  • मेरोभ्यूज
  • आषाढ २८, २०८३ आइतबार

  • बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

     

    गण्डकी । बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँचवटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ ।

    बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहर ठाउँ-ठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि सङ्घीय बजेटबाट करिब रु. ६० लाखको लागतमा मर्मत गर्न लागिएको हो ।

    बेगनास सिँचाइ प्रणाली मूल उपभोक्ता समितिका अध्यक्ष राजु खत्रीले यस सिँचाइ प्रणालीअन्तर्गत यहाँका करिब एक हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिरहेको जानकारी दिए ।

    नहरको मर्मतसम्भारका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उनले अघिल्लो वर्ष बजेट प्राप्त नभएको बताए ।

    पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको छ ।

    यो प्रणाली सञ्चालनमा आएपछि यस क्षेत्रमा वर्षातसँगै हिउँदको समयमा पनि खेती गर्न सकिने गरी सिँचाइ पुगेको बेगनास सिँचाइ प्रणाली शाखाका-२ का अध्यक्ष शिबबहादुर थापाले बताए ।

    सहज सिँचाइ सुविधा पुगेकाले किसानलाई सहज हुनुका साथै उत्पादनमा महत्वपूर्ण टेवा पुगिरहेको उनको भनाइ छ ।


    प्रकाशित : आइतबार, आषाढ २८ २०८३०९:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार