२०८३, कार्तिक ११ गते बुधबार

पेवेल नेपाल र आइपे रेमिटबीच सम्झौता, विश्वको जुनसुकै स्थानबाट पठाएको पैसा पेवेल वालेटमा पाउन सकिने

पेवेल नेपाल र आइपे रेमिटबीच सम्झौता, विश्वको जुनसुकै स्थानबाट पठाएको पैसा पेवेल वालेटमा पाउन सकिने


  • मेरोभ्यूज
  • चैत्र २१, २०७९ मंगलबार

  • पेवेल नेपाल र आइपे रेमिटबीच सम्झौता, विश्वको जुनसुकै स्थानबाट पठाएको पैसा पेवेल वालेटमा पाउन सकिने

    काठमाडौं । पेवेल नेपाल र आइपे रेमिटबीच विदेशमा कमाएको धन सहजै रुपमा स्वदेशमा रहेका आफ्ना आफन्तलाई पठाउन सकिने गरी रेमिट सम्झौता भएको छ । 

    सम्झौतामा पेवेल नेपालका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिृकत प्रज्वल आचार्य र आइपे रेमिटका तर्फबाट व्यापार प्रमुख रुपनारायण श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

    सम्झौतासँगै विभिन्न मुलुकबाट पठाएको रकम सिधैँ पेवेल नेपालको वालेटमा प्राप्त गर्न सकिने छ । यस्तै पेवेल नेपालको आधिकारिक एजेन्टबाट पनि रकम झिक्न सकिनेछ  । 

    डिजिटल रेमिट्यान्स प्रक्रियामा पेवेल आक्रमण ढङ्गबाट अगाडि आएको छ । पेवेल नेपालमार्फत भुक्तानी हुने रेमिट्यान्सको रकम स्थानीय एजेन्टले रियल टाइममा आफ्नो खातामा प्राप्त गर्न सक्ने कम्पनीका सहायक प्रमुख कार्यकारी अधिृकत आचार्यले जानकारी दिए । 

    पेवेल नेपाल वालेट गुगल प्लेस्टोर र एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिने छ । पेवेल नेपालको मोबाइल ग्राहक करिब चार लाख र नेपालभर करिब एक हजार स्थानीय एजेन्ट रहेका छन् । 


    प्रकाशित : मंगलबार, चैत्र २१ २०७९०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार