२०८३, कार्तिक ११ गते बुधबार

सुरुङबाट १७ दिनमा निस्किएपछि कामदारले भने –आशाले जीवित राख्यो

सुरुङबाट १७ दिनमा निस्किएपछि कामदारले भने –आशाले जीवित राख्यो


  • मेरोभ्यूज
  • मंसिर १३, २०८० बुधबार

  • सुरुङबाट १७ दिनमा निस्किएपछि कामदारले भने –आशाले जीवित राख्यो

    सिल्कयारा सुरुङ । आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले उनीहरूलाई बलियो बनाएको बताएका छन् ।  “हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस हुन्थ्यो”, सुरुङबाट जीवित उद्धार गरिएका कर्मचारी दीपक कुमारले बुधबार भने, “बाँच्छौ वा बाँच्दैनौँ भन्ने हामीलाई थाहा थिएन ।”

    म्याराथुन इन्जिनियरिङ अभियानबाट मङ्गलबार राति विशेषरूपले पाङ्ग्राले सुसज्जित स्ट्रेचरमा ५७ मिटर (एक सय ८७ फिट) लामो स्टिल पाइपको माध्यमबाट तानिएपछि यी कामदारलाई नायकका रूपमा स्वागत गरिएको थियो । सुन्तला रङको सयपत्रीको माला लगाएर उनीहरूलाई जयजयकार गर्दै स्वागत गरिएको थियो । 


    प्रकाशित : बुधबार, मंसिर १३ २०८००९:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार