२०८३, कार्तिक ११ गते बुधबार

इजरायलमा नेपाली श्रमिक पठाउन ढिलाइ, हवाई टिकटकाे टेण्डर बल्ल खुल्याे

इजरायलमा नेपाली श्रमिक पठाउन ढिलाइ, हवाई टिकटकाे टेण्डर बल्ल खुल्याे


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • इजरायलमा नेपाली श्रमिक पठाउन ढिलाइ,  हवाई टिकटकाे टेण्डर बल्ल खुल्याे

    काठमाडौँ | इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उडानको मिति एकिन हुन सकेको छैन । 

    विभागले गत साउन १२ गते सूचना प्रकाशित गरी विभागमार्फत भर्ना प्रक्रिया शुरू गरेकोे हो । छनोट भएका कामदार उडाउने फ्लाइट एकिन नहुँदा उडानको मिति एकिन हुन ढिलाइ भएको हो । विभागले आागामी पुस १५ गतेसम्मको समय दिएर हवाई सेवा प्रदायक संस्थाहरुलाई काठमाडौंबाट इजरायलसम्मको हवाई भाडा दर प्रस्ताव पेश गर्न भनेको छ ।  पुस १५ गतेसम्म परेका बोलपत्र पुस १६ गते खोलिने छ । त्यसपछि मात्र उडान एकिन हुने विभागका महानिर्देशक दीपक काफ्लेले बताए । 

    नेपाल एयरलाइन्सले इजरायल उडान भर्ने गरेकोे छैन । नेपाली ध्वजाबाहक उडान नहुँदा  विभागलाई विदेशी एयरलाइन्सको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विभागले इजरायलका लागि १ लाख ४० हजार भाडा लाग्ने बताएको छ । तर वैदेशिक रोजगारीमा जाने कामदारलाई छुटको घोषणा गरेकोे नेपाल एयरलाइन्सले उक्त भाडामा उडान भर्दा घाटा हुने भन्दै नेपाली कामदार इजरायल लैजान अनिच्छा देखाएको बताइएको छ । 

    विभागले पहिलो चरणमा १ हजार १ सय ७५ जना छनोट भएकाहरूलाई आगामी फेब्रुअरी महिनाभित्र इजरायल लैजाने बताएको छ । छनोट भएका परिक्षार्थीले इजरायलमा ५ वर्ष काम गर्न पाउनेछन् । वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा कामदारको मासिक तलव १ लाख ९० हजारसम्म रहेको जनाइएको छ ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०७:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार