काठमाडाैं । समयमा निर्देशिका नबन्दा कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका मध्ये सरकारले आफ्नै खर्चमा १ सय ८७ श्रमिकको मात्र उद्धार गर्न सकेको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका जारी भएपछि सरकारी खर्चमा १ सय ८७ श्रमिकको मात्र उद्धार गरेको भएको हो ।
यसरी उद्धार गरिएका श्रमिक २०७७ साउनमा निर्देशिकका स्वीकृत भएपछि उद्धार गरिएका श्रमिकको संख्या रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ लाई कार्यान्वयनमा ल्याइएपछि सोही संख्यामा मृतक नेपालीको शव स्वदेश फिर्ता ल्याइएको बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले निर्देशिका जारी भएपछि बोर्डको दायित्वमा परेकामध्ये मलेसियाबाट ८६ जना, यूएईबाट ५३ जना, बहराईनबाट १८ जना एवं अन्यबाट ३० जना गरी कुल १ सय ८७ जना अलपत्र कामदारको उद्दार गरिएको बताए । उनले उद्धारका लागि सम्बन्धित नियोगको मागबमोजिम एक करोड ३५ लाख रकम पेश्की पठाई उद्धार गरिएको जानकारी दिए । याे समाचार आजकाे काराेबार दैनिकमा छापिएकाे छ ।

