२०८३, कार्तिक १२ गते बिहीबार

यी हुन् घ्यूकुमारीका पाँच फाइदा

यी हुन् घ्यूकुमारीका पाँच फाइदा


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • यी हुन् घ्यूकुमारीका पाँच फाइदा

    काठमाडाैं । घ्यूकुमारी  सर्व गुणकारी मानवहितमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । घ्यूकुमारीको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न भन्ने आयुर्वेदमा लेखिएकाे छ । घ्यूकुमारीकाे ५ फाइदा हेर्नुहाेस् :

    १. घ्यूकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।

    २. यसको सेवनले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्छ । यसमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन तत्व पाईन्छ ।

    ३. यसलाई काटेर ३–४ चम्चा रस निकालेर खाली पेटमा खानाले दिनभर शरीरमा शक्ति र स्फूर्ति पैदा हुन्छ ।

    ४. शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।

    ५. आजकल घ्यूकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ ।
    – नेपाली हेल्थ


    प्रकाशित : सोमबार, पौष १२ २०७८०८:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार