२०८३, कार्तिक ११ गते बुधबार

रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन

रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन

    काठमाडाैं । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेल्नु भएका एक व्यक्तित्व डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ । नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन् ।

    राष्ट्रपति रामाफोसाले उनको मृत्यु ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताए । उनले “स्वतन्त्र दक्षिण अफ्रिका प्राप्तिका लागि टुटुले अग्रस्थानमा रहेर सहयोग गरेकाे बताए । नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व थिए ।

    सन् १९८४ मा नोबल शान्ति पुरस्कार दिइएका टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनेका थिए । अश्वेत जातिका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहनु भएको तर जीवनभर उनले आफ्नो उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताएका थिए ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०९:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार