२०८३, कार्तिक ११ गते बुधबार

ललितपुरको अदालत भवन पुनःनिर्माण हुँदै

ललितपुरको अदालत भवन पुनःनिर्माण हुँदै


  • मेरोभ्यूज
  • भाद्र ७, २०८१ शुक्रबार

  • ललितपुरको अदालत भवन पुनःनिर्माण हुँदै

    ललितपुर । ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको अदालत भवन पुनःनिर्माण हुने भएको छ ।

    विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढेको छ ।

    जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ ।

    जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो ।

    हाल सो भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ ।

    भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उनले बताए ।

    “हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका सामान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ ।

    जीर्ण भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिनेछ ।

    भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुन:निर्माणाका लागि प्रस्ताव गरिएको पुरातत्व विभागले जनाएको छ ।

    पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।


    प्रकाशित : शुक्रबार, भाद्र ७ २०८१०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार