२०८३, कार्तिक १२ गते बिहीबार

टेम्के मैयुङका युवा कृषि कर्ममा रमाउँदै

टेम्के मैयुङका युवा कृषि कर्ममा रमाउँदै


  • मेरोभ्यूज
  • आश्विन ३०, २०८१ बुधबार

  • टेम्के मैयुङका युवा कृषि कर्ममा रमाउँदै

    भोजपुर ।  भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम, व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ ।

    सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यावसायमा लाग्ने युवाहरुको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरुमा कृषिमा प्रतिमोह बढेको हो ।

    यहाँका युवाहरुले अहिले व्यावसायिक रुपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

    लामो समयसम्म विदेशमा मेहनत बगाएपनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यहि नै उद्यममा जुटेका हुन् । टेम्केमैयुङ गाउँपालिकाका स्थानीय गुणराज राउतले विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

    विदेशमा १५ वर्ष विताउनुभएका राउत अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नु भएको हो ।

    “विदेशमा लामो समय विताए” उनले भने,“धेरै मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी गर्न भएन । अहिले आफ्नै ठाउँमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यहि राम्रो आम्दानी गरिरहेको छु ।”

    विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

    मानिसहरुले विदेशमा बगाउने पसिना यहि बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ । कृषकहरुलाई व्यावसायिक रुपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए ।

    ग्रामिण भेगमा पशुचिकित्सकहरुको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनले बताए । विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए ।

    उनले व्यावसायबाट वर्षमा रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिए ।

    टेम्केमैयुङ गाउँपालिका कुमार विष्टले विदेशबाट फर्केर व्यावसायिक किवी र एभोकाडोको खेती गरिरहेको बताए । अबको केहि वर्षमा बार्षिक रु छदेखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ ।

    पन्ध्र रोपनी क्षेत्रमा किवीको व्यवसायिक खेती थालेको उनको भनाइ छ । किवीले यस वर्षबाट फल दिन थालेको उनले बताए ।

    “आफ्नै ठाउँमा केही गर्ने सोचले व्यावसायिक कृषि खेतीमा लागेको छु” उनले भने, “आफ्नै ठाँउमा योजनावद्ध रुपमा व्यावसायिक बन्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ । आफ्नै ठाउँमा नमूनायोग्य काम गर्ने सोचका साथ कृषि कर्ममा लागेको छु ।”

    युवाले विदेश जानु भन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ ।

    विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि स्वदेश फर्केर आएर व्यावसायिक रुपमा काम शुरुवात गरेको उनले बताए ।


    प्रकाशित : बुधबार, आश्विन ३० २०८१११:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार