२०८३, कार्तिक १२ गते बिहीबार

हनुमाननगर-राजविराज सडक

हनुमाननगर-राजविराज सडक


  • मेरोभ्यूज
  • कार्तिक २०, २०८१ मंगलबार

  • हनुमाननगर-राजविराज सडक

    राजविराज,सप्तरी । हनुमाननगर-राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सदरमुकाम राजविराजदेखि पूर्व भारदहस्थित पूर्व-पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा ठूल्ठूला खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको बस चालक बताउँछन् ।

    मंसापुर भन्ने स्थानमा पाँच/छ वर्षदेखि सडकमा ठूल्ठूला खाल्डो हुँदा पनि सडक विभागले सडक मर्मत नगरेको स्थानीय शैलेन्द्र सिंहले बतए । सडेपार र मंसापुरको बीचमा अवस्थित सडकमा रहेको खाल्डोका कारण सामान्य वर्षा हुँदा पनि पानी जमेर पोखरी बन्ने गर्छ ।

    सप्तरीका प्रसिद्ध दुई शक्तिपीठ रहेकाले यही सडक भएर दसैँमा हजारौँ भक्तजन यात्रा गर्ने गर्छन् । भारदहस्थित कङ्कालिनी मन्दिर र राजविराजदेखि ११ किलोमिटर दक्षिणमा अवस्थित छिन्नमस्ता भगवती मन्दिर पर्दछ ।

    तर यिनै मन्दिर पुग्ने सडकको अवस्था नाजुक हुँदा आवतजावतमा समस्या भएको सवारी चालक रमेन यादव बताउँछ । उनले भने, “राजविराजदेखि हनुमाननरसम्मको १४ किलोमिटर सडक गुणस्तरहीन भएकाले पुरै भत्किएर जीर्ण छ । सडकमै पोखरी छिचोल्दै गाडी चलाउनुपर्ने बाध्यता छ । कतिखेर गाडी पल्टिन्छ टुङ्गो हुन्न ।

    ” खासगरी मोटरसाइकल, अटो, सिटी रिक्सालगायतका सवारीसाधन गुडाउन बढी जोखिम रहेको यात्रुहरु बताउँछन् । वर्षौँदेखि जीर्ण सडकका कारण धुलो उड्दा स्वास्थ्यमासमेत असर गरेको स्थानीयवासीको गुनासो छ ।


    प्रकाशित : मंगलबार, कार्तिक २० २०८११०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार