२०८३, कार्तिक १३ गते शुक्रबार

चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान

चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान


  • मेरोभ्यूज
  • मंसिर ३, २०८१ सोमबार

  • चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान

    काठमाडौँ । चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/०८१ मा सरकारलाई र १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ ।

    आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ ।

    आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले बृद्धि भएको छ ।

    आर्थिक बर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक बर्षमा राजश्वमा पुर्याएको योगदान रु दुई अर्ब ३८ करोडले बढि छ । आर्थिक बर्ष २०७९/०८० मा ग्रुपले रु १६ अर्ब १४ करोड कर तिरेको थियो ।

    ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौँ, ।’

    गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई रु ७६ अर्ब ५४ करोड कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा रु नौ अर्ब ८७ करोड, २०७७/७८ मा रु १४ अर्ब २८ करोड, २०७८/७९ मा रु १७ अर्ब ७२ करोड, २०७९/८० मा रु १६ अर्ब १४ करोड, २०८०/८१ मा रु १८ अर्ब ५२ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

    चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय बृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताएका छन् ।

    ‘हामीले प्रत्येक बर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी बर्षहरूमा पनि यो बृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रवन्ध निर्देशक चौधरीले भने, ‘चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’

    नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक बर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।

    करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको छ ।

    यो दुविधालाई अन्त्य गर्न र आफूले राजश्वमा गरेको योगदानलाई आमजनमानसकाबीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक बर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ ।

    साथै, चौधरी ग्रुप प्रवक्ता मधुसूदन पौडेलले व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आमजनमानससमक्ष राख्न सरकारीस्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउदँछौँ गराएको जानकारी दिए ।


    प्रकाशित : सोमबार, मंसिर ३ २०८११०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार