काठमाडौँ । नेचुरल बचत तथा ऋण सहकारी सस्था लिमिटेड, बौद्ध, काठमाडौँले १६औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । २ अर्व ५० करोड रुपैयाँको बार्षिक कारोबार नघाएको छ ।
सहकारीको हालै बत्तिसपुतली काठमाडौँमा सस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न सो साधारणसभाले आव २०८०/०८१ को बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना पारित गरेको छ । आव २०८०/०८१ को लेखा सुपरिवेक्षण समिति प्रतिवेदन तथा लेखापरीक्षक प्रतिवेदन साधारणसभाले पारित गर्दै चालू आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्ध, सस्थाले गरेका निर्णयहरु अनुमोदनलगायत प्रस्तावहरु साधारणसभाबाट पारित गरेको छ ।
चालू आवमा सस्थाको शेयर पूजी १६ करोड ५१ लाख ७३ हजार ४०० रुपैयाँ हुँदा बचत निक्षेप १ अर्व ७९ करोड ६८ लाख ८० हजार १७३ रुपैयाँ हुन आएको छ । कर्जा सापटी १ अर्व ९१ करोड २९ लाख ४७ हजार १६० रुपैयाँको भएको छ । यस आवमा सस्थाले ३१ करोड ६८ लाख ७६ हजार २२ रुपैयाँ आम्दानी गर्न सफल भएको छ भने विविध कारोबार गरी आव २०८०/०८१ मा २ अर्व ६९ करोड ५६ लाख ९१ हजार ११९ रुपैयाँको कुल कारोबार गर्न सस्था सफल भएको छ ।
साधारणसभामा सस्थाका सचिव विकल्प पाठकद्वारा सस्थाको वर्तमान तथा भावी योजना बारे जानकारी गराइएको थियो भने साधारणसभाले आगामी कार्यकालको लागि पुन: शर्मिला आमात्यलाई अध्यक्षमा चयन गर्दै अन्य पदाधिकारीहरुसमेत चयन गरेको छ ।
कार्यक्रममा बागमती प्रदेश सभामुख भुवन पाठक, विभिन्न नगरपालिका, गाउँ पालिकाका जनप्रतिनिधिहरु, सहकारी अभियन्ता, सस्थासँग आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । विभिन्न महानुभावहरुलाई सम्मानसमेत गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

