बेल्जियम । पासा पुच: बेल्जियमले युरेपियन युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीलाई बिदाइ गरेको छ ।
पुच:ले एक कार्यक्रमकाबीच राजदूत राजभण्डारीलाई विदाई गरेको हो ।
सो अवसरमा बोल्दै राजदूत राजभण्डारीले आफ्नो कार्यकालमा प्राप्त अनुभव र नेपाल-बेनेलक्स सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाली समुदायसँग गरेको सहकार्यको स्मरण गरे ।
कार्यक्रममा पुच:का संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वअध्यक्ष रजनी प्रधान, भीम जोशी, निवर्तमान अध्यक्ष चिजकुमार श्रेष्ठ, सल्लाहकार सुभाष जोशीलगायतले बोल्दै राजदूत राजभण्डारीको कार्यकाल र योगदानको प्रशंसा गरेको थियो ।
सो अवसरमा राजदूत राजभण्डारीलाई विशेष सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा बेल्जियमका विभिन्न क्षेत्रमा रहेका नेवार समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
पुच:का अध्यक्ष सुर्यनारायण श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष मुना ताम्राकारले स्वागत र महासचिव शंकर श्रेष्ठले सञ्चालन गरी कार्यक्रम सम्पन्न गरेको थियो ।
यसैबीच नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम (नेफिन)ले पनि बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत राजभण्डारीको बिदाई गरेको छ ।
महासंघले बिहीबार लुभेनमा एक कार्यक्रमको आयोजना गरी राजदूत राजभण्डारीलाई बिदाई गरेको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष बीरमान मगर, प्रथम उपाध्यक्ष मुना राई, नेकपा माओवादी बेल्जियम इन्चार्ज र तामाङ समाज बेल्जियमका सल्लाहकार जित लामा, संघिय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, किराँत याकथुम चुम्लुंग बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्ग, तमु समाजका प्रतिनिधि मनिष तमु, किराँत राई सोसाईटी बेल्जियमका अध्यक्ष इन्दिरा चाम्लिङ्ग, मगर संघ बेल्जियमका संस्थापक अध्यक्ष मार्के मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, पत्रकार दिल निशानी मगर, जनसम्पर्क समिति बेल्जियमका सभापति सुभाष गुरुङलगायतले राजदूत राजभण्डारीलाई शुभकामना दिंदै कार्यकाल सफल रहेको चर्चा गरेको थियो ।
महासंघका अध्यक्ष बीरमान मगरको अध्यक्षता, उपाध्यक्ष मुना राईले स्वागत र सचिव रबिन बान्तवाले सञ्चालन गरी कार्यक्रम सम्पन्न गरेको थियो । राजदूत राजभण्डारी चार बर्षे कार्यकाल सकेर आईतबार नेपाल फर्कदै छन् ।

