२०८३, कार्तिक १२ गते बिहीबार

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती


  • मेरोभ्यूज
  • पौष २, २०८१ मंगलबार

  • विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

    गोरखा । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुवात गरेको छ ।

    विद्यालयले कृषि ज्ञान केन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेढाइले जानकारी दिए ।

    “यस बर्ष परीक्षणका रुपमा अहिले एक रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको छ”, उनले भने, “उक्त जमिनमा करिब छ सय बिरुवा लगाइएको छ, यसबाट राम्रो उत्पादन भए थप जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ ।”

    विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि धारका विद्यार्थी स्ट्रबेरी खेती गर्ने काममा जोडिएको उनको भनाइ छ ।

    “उत्पादनपछि बिक्री भएको आम्दानीको ६० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने विद्यालयले निर्णय गरेको छ”, प्रधानाध्यापक सेढाइले भने, “परीक्षण सफल भए आगामी बर्ष १० रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ ।”

    स्थानीयस्तरमा अहिलेसम्म अन्यत्र स्ट्रबेरी खेती पनि नभएको र बजार मूल्य पनि राम्रो भएकाले विद्यालयले स्ट्रबेरी खेतीलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

    विद्यालयले कृषि धारमा अध्ययनरत विद्यार्थीलाई उत्पादनमा जोड्न करिब १० रोपनी खेत र आठ रोपनी पाखाबारी भाडामा लिएर धान, मकैलगायत बेमौसमी तरकारीखेती समेत गर्दै आएको छ ।


    प्रकाशित : मंगलबार, पौष २ २०८१११:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार