२०८३, कार्तिक ११ गते बुधबार

अध्यक्ष प्रचण्ड-महासचिव वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालमा

अध्यक्ष प्रचण्ड-महासचिव वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालमा


  • मेरोभ्यूज
  • पौष १५, २०८१ सोमबार

  • अध्यक्ष प्रचण्ड-महासचिव वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

    उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ ।

    अध्यक्ष प्रचण्ड अहिले साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसित पनि भेट गरेको थियो ।

    उपचारमा संलग्न चिकित्सकहरुले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए ।

    यसैगरी महासचिव किरणले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरे ।

    सोही क्रममा दुबै जना भावुक पनि भएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आएको छ ।


    प्रकाशित : सोमबार, पौष १५ २०८११२:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार