२०८३, कार्तिक १२ गते बिहीबार

भायानेटले ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र ४८ जीबी एनसेल डाटा निःशुल्क दिने

भायानेटले ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र ४८ जीबी एनसेल डाटा निःशुल्क दिने


  • मेरोभ्यूज
  • पौष १८, २०७८ आइतबार

  • भायानेटले ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र ४८ जीबी एनसेल डाटा निःशुल्क दिने

    काठमाडौं । नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । यस योजना अन्तर्गत भायानेटले मिनी ७५ प्याक सार्वजनिक गरेको छ । जसमा वार्षिक ग्राहक बनी ग्राहकले ८०० रुपैयाँ प्रतिमहिनामा ७५ एमबिपिएको सुपर–फाष्ट इन्टरनेट पाउने छन् ।

    नयाँ वर्षको अफर अन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ । यस सिममार्फत् ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनुहुनेछ ।

    त्यस्तैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

    भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १२५० रुपैयाँ प्रतिमहिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभी प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।


    प्रकाशित : आइतबार, पौष १८ २०७८१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार