काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गरेको छ ।
नेपाल भलिबल सङ्घ, सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बालुवा माथि खेलिने भलिबल प्रतियोगिता खेलकूद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिन्छ । सुनकोशी नदीको किनारामा खेल सुरु भएको छ ।

