२०८३, कार्तिक १३ गते शुक्रबार

सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज


  • मेरोभ्यूज
  • माघ ६, २०८१ आइतबार

  • सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

    भोजपुर । ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिकरुपमा पनि सक्षम बनेका छन् ।

    सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौँ पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ ।

    यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौं बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धान, मकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले जानकारी दिए ।

    यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवत-जावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ ।

    एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमितरूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ ।


    प्रकाशित : आइतबार, माघ ६ २०८१०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार