२०८३, कार्तिक ११ गते बुधबार

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा आठ दशमलव १७ प्रतिशतले वृद्धि

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा आठ दशमलव १७ प्रतिशतले वृद्धि


  • मेरोभ्यूज
  • माघ ११, २०८१ शुक्रबार

  • पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा आठ दशमलव १७ प्रतिशतले वृद्धि

    काठमाडौं । पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएका छन् ।

    शुक्रबार वैदेशिक रोजगार विभागले पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएका छन् ।

    विभागका अनुसार गत आवभन्दा यस आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएका छन् ।

    यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएका छन् ।

    साथै गएको कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्तिस्वरुप रु दस लाख उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएका छन् ।

    विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताए ।

    “बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्”, उनले भने, “अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरलरुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं ।”

    मन्त्रालयअन्तर्गत सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको महानिर्देशक खत्रीले पत्रकार सम्मेलनमार्फत जनाएका छन् । महानिर्देशक खत्रीले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारलाई ट्रान्जिट प्रणाली मार्फत जाँदा प्रतिव्यक्ति रु ७३ हजारले जोगिएको पनि जानकारी दिएका छन् ।


    प्रकाशित : शुक्रबार, माघ ११ २०८१११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार