२०८३, कार्तिक १२ गते बिहीबार

किवीको बिरुवा बिक्री गरेर बार्षिक रु पाँच लाख आम्दानी

किवीको बिरुवा बिक्री गरेर बार्षिक रु पाँच लाख आम्दानी


  • मेरोभ्यूज
  • माघ २५, २०८१ शुक्रबार

  • किवीको बिरुवा बिक्री गरेर बार्षिक रु पाँच लाख आम्दानी

    डडेल्धुरा । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका-२ का लक्ष्मण थापा मगरले बार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् ।

    उनले विगत तीन बर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएको छ ।

    थापा मगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन ।

    फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ ।

    उनले आलिताल-२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी-२ कुस्मालीमा पनि स्थापना गरेको छ । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिकरूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताए ।

    फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापा मगरले जानकारी दिए । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट रु एक सय ५० का दरले बिक्री गरिरहेको उनले जानकारी दिए ।

    डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेको छ । किवीको बेर्ना जोगाउन एक/एक हप्तामा गोडमेल गर्नुपर्ने थापा मगरले बताए । बेर्ना बिक्री गरेरै बार्षिक रु पाँच लाख आम्दानी गरिरहेको थापा मगरले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट रु पाँच सयका दरले किनेर लगाएको बताए ।

    अहिले डडेल्धुरा जिल्लामा ४०/५० किसानले किवीखेती गर्दै आएका छन् । सुरुमा एक पटक लगानी गरेपछि ४०/५० बर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने - “किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुदाँ त्यसतर्फ किसान बढी आकर्षित भएका छन् ।


    प्रकाशित : शुक्रबार, माघ २५ २०८११०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार