२०८३, कार्तिक ११ गते बुधबार

सिरक डसना बनाएर दैनिक रु एक हजार छ सयसम्म आम्दानी

सिरक डसना बनाएर दैनिक रु एक हजार छ सयसम्म आम्दानी


  • मेरोभ्यूज
  • माघ २५, २०८१ शुक्रबार

  • सिरक डसना बनाएर दैनिक रु एक हजार छ सयसम्म आम्दानी

    मोरङ । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेको छ ।

    बर्षौँदेखि जाडो याममा यसरी घर-घरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए ।

    भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए ।

    असी बर्षीय उनले भने, “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”

    सुरुवाती समयमा एउटा सिरक बनाएको रु पाँच सय थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, “दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री (धुनिया)बाट रुवा फिटेर सिरक डसना बनाउनु पर्ने भएकोले समय पनि बढी लाग्छ ।”

    घरेलु सामग्री (धुनिया)बाट रुवा फिट्दै आएका मजदूर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी-११ की सीता खतिवडाले बताइन ।

    “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घर-घरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइ दिन्छन्”, उनले भने ।

    तीनदेखि पाँच जनाको समूहमा उनीहरूले काम गर्छन । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनीहरूको समूहले दैनिक रु दस हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए ।

    पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकोले व्यापार सोचे जस्तो नभएको उनले बताए ।


    प्रकाशित : शुक्रबार, माघ २५ २०८११०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार