२०८३, कार्तिक १२ गते बिहीबार

बराह पोखरीले सुरु गर्यो आफ्नै प्रशासनिक भवनबाट सेवा

बराह पोखरीले सुरु गर्यो आफ्नै प्रशासनिक भवनबाट सेवा


  • मेरोभ्यूज
  • माघ ३०, २०८१ बुधबार

  • बराह पोखरीले सुरु गर्यो आफ्नै प्रशासनिक भवनबाट सेवा

    खोटाङ । बराह पोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुवात गरिएको छ ।

    गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधासम्पन्न चारतले प्रशासनिक भवन निर्माण गरी सेवा सुरु गरिएको हो ।

    गाउँपालिका र सङ्घीय सरकारको रु छ करोड दस लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रा.लि. काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको पालिका कार्यालयले जनाएको छ । पालिकाको ५५ प्रतिशत र सङ्घीय सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो ।

    सङ्घीय सरकारले ६० र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको गाउँपालिकाका प्रमुख शालिकराज बञ्जराले जानकारी दिए ।

    उनका अनुसार सङ्घीय सरकारले भने जति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माण केही समय ढिलाइ भएको थियो । “निर्माण सुरु गरिएको भवन अलपत्र हुने अवस्था आएपछि गाउँपालिकाबाट १५ प्रतिशत लगानी थप गरेर काम सम्पन्न गर्‍यौँ”, उनले भने ।

    भवनको भुइँतला र पहिलो तलामा छ/छ कोठा, दोस्रो तलामा सात कोठा र तेस्रो तलामा सभाहलसहित तीन कोठा रहेका गाउँपालिकाका इञ्जिनियर हिमाल कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा बोलपत्र आह्वान भएर विसं २०७८ कात्तिक ७ गते गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो ।

    नवनिर्मित भवनको औपचारिकरूपमा आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गरे । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो ।

    दश स्थानीय तह रहेको जिल्लाका अन्य पालिकाले पनि प्रशासनिक भवन निर्माणलाई तीव्रता दिएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन सम्पन्न भइसेको छभने रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन छ ।

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपलिका र जन्तेढुङ्गा गाउँपालिकाले यसअघि प्रशासनिक भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका छन् ।


    प्रकाशित : बुधबार, माघ ३० २०८१०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार