२०८३, कार्तिक ११ गते बुधबार

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा


  • मेरोभ्यूज
  • फाल्गुण १४, २०८१ बुधबार

  • माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

    मोरङ । नेकपा (माओवादी केन्द्र)ले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको केन्द्रीय टोली मंगलबार दोस्रो दिन मोरङ पुगेका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी मंगलबारको कार्यक्रम सुरु गरिएका छन् ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।

    सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनु पर्ने, उनीहरुको सपना पूरा गर्नु पर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनु पर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनु पर्ने सुझाव दिएका थिए ।

    अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ । जसअनुसार मंगलबार मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिदैछ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ ।


    प्रकाशित : बुधबार, फाल्गुण १४ २०८११२:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार