सुनसरी । नेकपा एमाले निकट खेलकूद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेताकार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लबलगायत सङ्घ/संस्थाको नेतृत्व तहमा रहेका छन् ।
जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत पदाधिकारीले स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्ने अन्य नेताकार्यकर्ताहरुमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका-६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहेका छन् ।

