२०८३, कार्तिक ११ गते बुधबार

विभिन्न पार्टी परित्याग गरी ५० जना  माओवादी केन्द्र प्रवेश

विभिन्न पार्टी परित्याग गरी ५० जना  माओवादी केन्द्र प्रवेश


  • मेरोभ्यूज
  • फाल्गुण १८, २०८१ आइतबार

  • विभिन्न पार्टी परित्याग गरी ५० जना  माओवादी केन्द्र प्रवेश

    धनुषा । धनुषाको हंसपुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा यहाँ आयोजित जागरण तथा खबरदारीसभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नवप्रवेशीलाई स्वागत गरेको हो ।

    पार्टी प्रवेश गर्नेहरुमा कांग्रेस क्षेत्रीय प्रतिनिधि निरस राइन, एमालेका राकेश सहनी, जसपाका वडा अध्यक्षका प्रत्यासी रामु मुखियासहित नेता कार्यकर्ता रहेका छन् ।

    अघिल्लो स्थानीय निर्वाचनमा यो पालिकाको मेयरमा दोस्रो बनेकोमा आगामी निर्वाचन जित्ने गरी पार्टीप्रति आकर्षण बढिरहेको माओवादी केन्द्र हंसपुरका नेताहरुले बताएका छन् ।

    अघिल्लो स्थानीय निर्वाचनमा हारेको जनकपुरधामको वडामा यसपटकको उपनिर्वाचन जितेपछि माओवादी केन्द्र धनुषामा उत्साहित देखिएको छ ।


    प्रकाशित : आइतबार, फाल्गुण १८ २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार